कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको भित्तेपात्रो
पाेखरा | चैत २४, २०८०
पोखरा: कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको छ ।
कालागण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आज (शनिबार) एक कार्यक्रमको आयोजना गर्दै नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको हो ।

नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कालीगण्डकी गाउँपालिकाका पर्यटकहरुको लागि आर्कषको गन्तव्य बनाउन समाजले काम गर्नुपर्ने बताए ।
‘कालीगण्डकी गाउँपालिका आफैमा पर्यटकहरुको लागि आर्कषक गन्तव्य हो, त्यसको प्रचारप्रसारमा सम्पर्क समाजले पनि सहयोग पु¥याउनुपर्दछ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ, अब हामीले पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।’
कार्यक्रममा सम्पर्क समाजका निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेको अध्यक्षता, उपाध्यक्ष विष्णु भट्टराई पाण्डेको स्वागत र सचिव लिलाबल्भव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

