कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको भित्तेपात्रो

पाेखरा | चैत २४, २०८०

कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीको भित्तेपात्रो

पोखरा:   कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको छ । 


कालागण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आज (शनिबार) एक कार्यक्रमको आयोजना गर्दै नववर्ष २०८१ को शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको हो । 


नववर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कालीगण्डकी गाउँपालिकाका पर्यटकहरुको लागि आर्कषको गन्तव्य बनाउन समाजले काम गर्नुपर्ने बताए । 


‘कालीगण्डकी गाउँपालिका आफैमा पर्यटकहरुको लागि आर्कषक गन्तव्य हो, त्यसको प्रचारप्रसारमा सम्पर्क समाजले पनि सहयोग पु¥याउनुपर्दछ’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ, अब हामीले पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारमा ध्यान दिनुपर्छ ।’


कार्यक्रममा सम्पर्क समाजका निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेको अध्यक्षता, उपाध्यक्ष विष्णु भट्टराई पाण्डेको स्वागत र सचिव लिलाबल्भव न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्